२०८३ साउन ९ शनिबार

इजरायलमा भएको ब्यालिस्टिक मिसाइल हमलामा २० जना घाइते

ई आर्थिक    आइतबार, चैत्र ८ २०८२
1.4K
Shares
इजरायलमा भएको ब्यालिस्टिक मिसाइल हमलामा २० जना घाइते

काठमाडौँ : अमेरिका–इजरायल र ईरानबीचको युद्ध आज २३औं दिनमा पुगेको छ। शनिबार राति ईरानले इजरायलको दक्षिणी शहर डिमोनामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ, जसमा करिब २० जना घाइते भएका छन्। डिमोना त्यही शहर हो जहाँ इजरायलको आणविक कार्यक्रम केन्द्र रहेको छ।

रिपोर्टहरूका अनुसार मिसाइल खस्नेबित्तिकै शहरको एउटा भवन भत्किएको थियो। विस्फोट लगत्तै उद्धार टोली घटनास्थलमा पुगेर भग्नावशेषमा फसेकाहरूको उद्धारमा जुटेको थियो। प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

यसअघि ईरानको इस्लामिक रेवोल्युसनरी गार्ड कोप्र्सले इजरायलको एक लडाकु विमानलाई निशाना बनाएको दाबी गरेको थियो। तर इजरायलले भने उक्त आक्रमण असफल भएको र विमानमा कुनै क्षति नभएको जनाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij