२०८३ साउन ९ शनिबार

एकैदिन सुन प्रतितोला ७८ सयले रुपैयाँले घट्यो, २ लाख ९४ हजार ५ सय रुपैयाँ कारोबार हुँदै

ई आर्थिक    शुक्रबार, चैत्र ६ २०८२
2.2K
Shares
एकैदिन सुन प्रतितोला ७८ सयले  रुपैयाँले घट्यो, २ लाख ९४ हजार ५ सय रुपैयाँ कारोबार हुँदै

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य १ सय १५ रुपैयाँले घटेको छ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ र चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य घट्दो क्रममा रहेको छ।  अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij