२०८३ साउन १२ मंगलबार

रास्वपाका शीर्ष नेताबीच सरकार गठनबारे छलफल, चैत १३ मा प्रधानमन्त्रीको शपथको तयारी

ई आर्थिक    बिहिबार, चैत्र ५ २०८२
2.2K
Shares
रास्वपाका शीर्ष नेताबीच सरकार गठनबारे छलफल, चैत १३ मा प्रधानमन्त्रीको शपथको तयारी

काठमाडौं।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूबीच सरकार गठन तथा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको छ।

पार्टी उपसभापति स्वर्णिम वाग्लेले बिहीबार साँझ सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै “राजकाज: आज साँझको छलफल” उल्लेख गरेका थिए। उक्त भेटघाटमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह,  उपसभापतिद्वय स्वर्णिम वाग्ले तथा डोल प्रसाद अर्याल सहभागी रहेका थिए।

राजधानीस्थित रोयल सिंगी होटलमा भएको उक्त भेटमा सरकार गठनको रणनीतिबारे अनौपचारिक छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ। यद्यपि, बैठकबाट कुनै औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन।

यसैबीच, नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण चैत १३ गते हुने तय भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै बहुमत हासिल गरेको दाबी गरिएको छ। निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।

स्रोतका अनुसार चैत १२ गते संघीय संसद सचिवालयले सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसलगत्तै चैत १३ गते नयाँ प्रधानमन्त्रीले शपथ ग्रहण गर्ने तयारी गरिएको छ। रास्वपा नेतृत्वले शाहकै नेतृत्वमा सरकार गठन गर्ने तयारी अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij