काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्दै ३ लाख ७ हजार ७ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन मंगलबार भने सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १ सय ८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ रहेको थियो।
यसअघि नेपाली बजारमा सुन र चाँदीले गत माघ १५ गते हालसम्मकै उच्च मूल्य कायम गरेका थिए। सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो भने चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँसम्म कारोबार भएको थियो।