ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा कोषमा रहेको रकम लगानी गर्न बजारमा ९ अर्ब ५० करोड रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ९ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले आफ्नो आफ्नो उपदान तथा पेन्सन कोषमा रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।
केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा ७ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने छ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ४७ करोड ५० लाख निक्षेप लगानी गर्ने भएको छ।
राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।
सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले चैत्र ५ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। मुद्दती निक्षेपमा २०२६ मार्च २४ देखि २०२७ मार्च २४ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दियो ।
बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।