२०८३ साउन ११ सोमबार

रास्वपाको सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याउदै

ई आर्थिक    आइतबार, चैत्र १ २०८२
2.1K
Shares
रास्वपाको सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याउदै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची टुंग्याउने मुख्य एजेन्डासहित वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरू भएको छ।

बैठकले समानुपातिक प्रणालीअन्तर्गत पार्टीको तर्फबाट सिफारिस हुने उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगमा बुझाउने निर्णय गर्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य अवस्थाका कारण बैठकमा प्रत्यक्ष उपस्थित हुन नसकेका पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यममार्फत बैठकमा सहभागी हुनुभएको छ।

बैठकमा समानुपातिक उम्मेदवार छनोटसँगै पार्टीका केही संगठनात्मक विषयमा समेत छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij