२०८३ भाद्र ३० मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    मंगलबार, फाल्गुन २६ २०८२
2K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा आज मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला करिब ३,८०० रुपैयाँ र चाँदी प्रतितोला करिब ३१० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० रुपैयाँ निर्धारण भएको छ। हिजो सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ र चाँदी ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य एक औँस ५,१४१ अमेरिकी डलर र चाँदीको मूल्य ८७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

नेपालमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा गत माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि सोही दिन प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा पुगेर उच्च स्तरमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij