२०८३ साउन १२ मंगलबार

प्रतिनिधि सभाको समानुपातिकतर्फ ९५ लाख भन्दा बढी मत गणना, कुन दलले कति पाए मत ?

ई आर्थिक    सोमबार, फाल्गुन २५ २०८२
703
Shares
प्रतिनिधि सभाको समानुपातिकतर्फ ९५ लाख भन्दा बढी मत गणना, कुन दलले कति पाए मत ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। हालसम्म कुल ९५ लाख २६ हजार ५१० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत प्राप्त गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ लाख १ हजार ७५७ मत पाएको छ। दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ, जसले १५ लाख ४५ हजार ४४७ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) रहेको छ, जसले १२ लाख ८७ हजार ७६८ मत प्राप्त गरेको छ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ९५ हजार १७४ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख २६ हजार २५ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३ हजार ९५६ मत ल्याएको छ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले १ लाख ४८ हजार ४३८ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ४७ हजार ८२१ मत पाएको छ। जनमत पार्टीले ६६ हजार ८११ मत प्राप्त गरेको छ।

समानुपातिकतर्फको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij