२०८३ साउन ९ शनिबार

संखुवासभा १ मा एमालेका अर्जुन कुमार कार्की अग्रस्थानमा, रास्वपाका मिङमा शेर्पा पछ्याउदै

ई आर्थिक    सोमबार, फाल्गुन २५ २०८२
3K
Shares
संखुवासभा १ मा एमालेका अर्जुन कुमार कार्की अग्रस्थानमा, रास्वपाका मिङमा शेर्पा पछ्याउदै

संखुवासभा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा १ मा मतगणनामा एमालेका अर्जुन कुमार कार्की अग्रता गरिरहेका छन् । उनलाई रास्वपाका पर्यटन उद्यमी  मिङमा शेर्पा पछ्याउदै छन्।

मतगणनाको पछिल्लो विवरण अनुसार अर्जुन कुमार कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को मत गणनामा  अग्रस्थान कायम गरेका  हुन् । कार्कीले  अहिलेसम्म १२ हजार ३९६ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका रास्वपाका  मिङमा शेर्पाले ११ हजार १३५ मत प्राप्त गरी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसका   दिपन कुमार श्रेष्ठले ९,६८१ मतसहित तेस्रो स्थानमा देखिएका छन्।

यसैगरी, उमा कुमारी राईले श्रम संस्कृति पार्टी बाट ७,८९९ मत प्राप्त गरी पछाडि छन् ।

उक्त क्षेत्रमा प्रतिस्पर्धा निकै कडा छ र विजयीको सम्भावना अहिलेसम्म अग्रस्थानमा रहेका अर्जुन कुमार कार्कीमा केन्द्रित छ।

उक्त क्षेत्रमा मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij