२०८३ साउन १२ मंगलबार

बालेन शाहले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च, १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च

ई आर्थिक    सोमबार, फाल्गुन २५ २०८२
1.4K
Shares
बालेन शाहले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च, १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार बालेन्द्र (बालेन) शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार आयोगमा पेश गरिएको खर्च विवरणमा सवारी साधन भाडा, प्रचार–प्रसार, कार्यालय सञ्चालन, नमुना मतपत्र छपाइ लगायत शीर्षकमा खर्च गरिएको जनाइएको छ।

विवरणअनुसार दुई वटा सवारी साधन १५ दिन प्रयोग गर्दा इन्धनसहित २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको छ। त्यस्तै वडा स्तरीय १५ दिने घरदैलो प्रचार कार्यक्रमका लागि २९ वडामा कुल ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।

यसैगरी नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, प्रचार सामग्री (झण्डा तथा ब्याच) छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

झापा क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि पानी खर्च १ लाख २० हजार रुपैयाँ, स्टेशनरी खर्च २२ हजार ८२० रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च २८ हजार ९७० रुपैयाँ गरिएको देखिएको छ। उम्मेदवारी मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको पनि विवरणमा जनाइएको छ।

सम्पूर्ण खर्च जोड्दा निर्वाचन अभियानमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij