काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ। हालसम्म गणना भएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ।
हालसम्मको विवरण अनुसार कुल ४५ लाख ३० हजार ९१३ मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले २२ लाख ३९ हजार ८७० मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
त्यसैगरी नेपाली कांग्रेसले ७ लाख ६० हजार ४८५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले ६ लाख ४६ हजार ७७० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ४ हजार ६२ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ६३ हजार १५१ मत पाएको छ भने श्रम संस्कृति पार्टीले १ लाख ७ हजार ३२ मत प्राप्त गरेको छ।
अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपालले ५२ हजार ४२४ मत, राष्ट्रिय परिवर्तन पार्टीले ४९ हजार ७५७ मत, जनमत पार्टीले २५ हजार ९७ मत तथा नेपाल मजदुर किसान पार्टीले २४ हजार ६२५ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फ मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।