२०८३ साउन १० आइतबार

उदयपुरका दुबै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, पारश मणि गेलाल र सूर्य तामाङ विजयी

ई आर्थिक    आइतबार, फाल्गुन २४ २०८२
6.4K
Shares
उदयपुरका दुबै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, पारश मणि गेलाल र सूर्य तामाङ विजयी

उदयपुर ।  उदयपुर जिल्ला का दुबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्वीप’ गरेको छ। उदयपुर–१ बाट पारश मणि गेलाल र उदयपुर–२ बाट सूर्यबहादुर तामाङ विजयी भएका हुन्।

उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाका उम्मेदवार पारश मणि गेलाल ३० हजार ५९० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राजेश कुमार राई (श्रम संस्कृति पार्टी) ले ११ हजार ६०६ मत प्राप्त गरे। त्यस्तै बल देव चौधरी (नेपाल कम्युनिष्ट पार्टी) ले १० हजार ०२१ मत ल्याए।

यसैगरी विदुर वस्नेत (नेपाली काँग्रेस) ले ९ हजार ६७५ मत प्राप्त गर्दा दुर्गा कुमार थापा (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले ९ हजार २०६ मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धीलाई उल्लेख्य मतान्तरले पछि पार्दै गेलाल उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

त्यस्तै उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अम्वर बहादुर रायामाझी (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले ७ हजार ६४८ मत प्राप्त गरे।

त्यस्तै राम कुमार राई (नेपाली काँग्रेस) ले ७ हजार २९० मत ल्याउँदा सुरेश कुमार राई (नेपाल कम्युनिष्ट पार्टी) ले ५ हजार १९७ मत प्राप्त गरेका छन्। वलराज राई (श्रम संस्कृति पार्टी) ले ४ हजार १३९ मत प्राप्त गरेका थिए भने अरुण राई (राष्ट्रिय परिवर्तन पार्टी) पनि प्रतिस्पर्धामा थिए।

यस पटकको निर्वाचनमा रास्वपाका तामाङले अन्य उम्मेदवारहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यससँगै उदयपुरका दुबै क्षेत्रमा रास्वपाले जित निकाल्दै जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij