२०८३ साउन १० आइतबार

खोटाङमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा खाता खोल्यो, आरेन राई विजयी

ई आर्थिक    आइतबार, फाल्गुन २४ २०८२
2.2K
Shares
खोटाङमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा खाता खोल्यो, आरेन राई विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीले पहिलो पटक जित निकाल्दै प्रतिनिधिसभामा खाता खोलेको छ। खोटाङ निर्वाचन क्षेत्रमा उक्त पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार राईले १६ हजार ६१२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ११ हजार ९५७ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन्। आरेन राईको जितसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पहिलो सफलता हासिल गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij