गाईघाट । उदयपुरको दुबै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रतासँगै जित्ने संभावना बढेकाे छ ।
उदयपुर -१ मा रास्वपाका उम्मेदवार पारशमणि गेलालले ९,३७३ मतका साथ अग्रता लिएको छन् । कुल ८० हजार ५९ खसेको मतमध्ये २८,२५१ मत गणना गर्दा उनको सुरुदेखिकै यो अग्रता हो । उनले ५ हजार ६९१ मत ल्याएका छन् । उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार राजेश खिम्दुङ्गले पछ्याइरहेका छन् ।
उदयपुर -२ मा ५ हजार ५९६ मतका साथ रास्वपाका उम्मेदवार सूर्य तामाङ अग्रस्थानमा छन् । ४४ हजार ६३४ मतमध्ये २० हजार ३८७ मतगणना हुँदा पछिल्लो अवस्थामा अग्रता भएको हो ।
उनलाई नेकपा एमालेका अम्बर रायमाझीले ४ हजार २०८ मतका साथ पछाइरहेका छन् ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उदयपुर -१ को तीन नगरपालिकामध्ये चौदण्डीगाडीको गणना सकिसकेको छ ।
बेलकाको गणना अन्तिम चरणमा छ र त्रियुगाको गणना पनि सुरु गरिएको छ । अहिलेदेखि दुई ठाउँमा गणना गरिएकोमा अब थप एक ठाउँमा गणनाको व्यवस्था गरिएको छ। तीन ठाउँमा गर्ने त गणना छिटो हुने भएको छ।
उदयपुर -२ को लिम्चुङबुङ, ताप्ली र रौतामाई गाउँपालिकाको गणना सकिसकेको छ। अहिले उदयपुरगढी गाउँपालिका र कटरी नगरपालिकाको गणना सुरु भएको छ ।