२०८३ भाद्र २९ सोमबार

झापा–५ बाट बालेन्द्र शाहको फराकिलो जित, एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
1.4K
Shares
झापा–५ बाट बालेन्द्र शाहको फराकिलो जित, एमालेका अध्यक्ष  केपी शर्मा ओली पराजित

झापा  । झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ऐतिहासिक जित हासिल गरेका छन् ।

कोशी प्रदेश अन्तर्गत झापा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

निर्वाचन परिणाम अनुसार  शाहले कुल ६८,३४८ मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले १८,७३४ मत मात्र प्राप्त गरे।

यसैगरी श्रम संस्कृति पार्टीका समिर तामाङले ९,२३३ मत ल्याएका छन्। नेपाली कांग्रेसकी मंधरा चिमरियाले १,८२१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद संग्रौलाले १,५३६ मत प्राप्त गरेका छन्।

झापा–५ मा बालेन्द्र शाहले निकटतम प्रतिस्पर्धी ओलीभन्दा करिब ४९ हजारभन्दा बढी मतान्तरले जीत निकाल्दै राजनीतिक रूपमा ठूलो सन्देश दिएका छन्।

यो परिणामसँगै झापा–५ मा नयाँ राजनीतिक शक्ति उदाएको भन्दै विश्लेषकहरूले टिप्पणी गरेका छन्।

स्थानीय तह र राष्ट्रिय राजनीतिमा चर्चित बनेका शाहको यो जीतलाई झापा क्षेत्रको राजनीतिक समीकरणमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij