२०८३ साउन ९ शनिबार

चितवन–३ बाट सोविता गौतम विजयी, रेणु दाहाल ३८ हजार ६६२ मतले पराजित

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
1.7K
Shares
चितवन–३ बाट सोविता गौतम विजयी, रेणु दाहाल ३८ हजार ६६२ मतले पराजित

चितवन ।  प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको चितवन निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले कुल ५९ हजार २७७ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्। त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङले ८ हजार ३४४ मत ल्याए।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का शंकरराज थपलियाले ५ हजार ४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा (मगर) ले १ हजार २२६ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा उम्मेदवार गौतमले उल्लेखनीय मतान्तरसहित जित हात पारेकी हुन्। यो परिणामसँगै चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले महत्वपूर्ण सफलता हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij