भक्तपुर । रास्वपाले काठमाडौंमा जस्तै भक्तपुरका दुई निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । भक्तपुर क्षेत्र नम्बर १ मा रुपेश रञ्जित विजयी हुदा ‘क्लिन स्विप’ गरेको छ ।
भक्तपुर क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। उनले कुल ४२,३३४ मत प्राप्त गर्दै चुनाव जितेका हुन्।
उनको मुख्य प्रतिद्वन्द्वी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता तथा सचिव महेश बस्नेतले १०,९९६ मतसहित पराजित भए।
अन्य उम्मेदवारहरुमा नेपाली कांग्रेसका कविर राणाले ८,४०१, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले ३,७५३, र नेपाली कम्युनिष्ट पार्टीका राम प्रसाद सापकोटाले १,३२३ मत पाएका छन्।
यस परिणामसँगै रास्वपा क्षेत्रीय प्रभाव बढाउने तयारीमा रहेको छ भने एमालेले आफ्नो पराजयको विश्लेषण गर्दै आगामी रणनीति बनाउन थालेको छ।