२०८३ साउन ११ सोमबार

झापा क्षेत्र नं. ५  मा रास्वपाका बालेन्द्र (बालेन) शाहको फराकिलो अग्रता, एमालेका अध्यक्ष ओली शाहलाई पछ्याउदै

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
2.6K
Shares
झापा क्षेत्र नं. ५  मा रास्वपाका बालेन्द्र (बालेन) शाहको फराकिलो अग्रता, एमालेका अध्यक्ष ओली शाहलाई पछ्याउदै

झापा ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाहले  झापा क्षेत्रको ५  प्रतिनिधि सभा निर्वाचनमा फराकिलो अग्रता कायम गरेका छन्। हालसम्मको मतगणनाअनुसार उनले ३४,८६३ मत प्राप्त गरेका छन्।

उनका प्रमुख प्रतिस्पर्धी केपी शर्मा ओली (नेकपा एमाले) ले ९,०६८ मत प्राप्त गरेका छन्। यसैगरी समिर तामाङ (श्रम संस्कृति पार्टी) ले ५,६४५ मत प्राप्त गरेका छन्।

त्यस्तै मंधरा चिमरिया (नेपाली कांग्रेस) ले ९७४ मत प्राप्त गरेका छन् भने रन्जित तामाङ (नेपाली कम्युनिष्ट पार्टी) पनि प्रतिस्पर्धामा रहेका छन्।

हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिस्पर्धीहरूभन्दा ठूलो मतान्तरसहित अग्रता कायम गरेकाले झापा क्षेत्रको चुनावी प्रतिस्पर्धा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij