ई–आर्थिक, भक्तपुर । विगत लामो समयदेखि एक छत्र राजनीति गरिरहेको भक्तपुर–१ को नेपाल मजदुर किसान पार्टीको किल्ला भत्किएको छ । सो क्षेत्रको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् ।
रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत पाए । त्यस्तै नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।