२०८३ साउन ११ सोमबार

चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी, ३९ हजारभन्दा बढी मतान्तर

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
3.7K
Shares
चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी, ३९ हजारभन्दा बढी मतान्तर

चितवन : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन परिणामअनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मिना खरेल (नेपाली कांग्रेस) ले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत पाए।

यस निर्वाचन क्षेत्रमा कुल ८७ हजार २८ मत सदर भएको छ भने २ हजार ७९६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

लामिछाने यसअघि पनि २०७९ र २०८० सालमा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij