काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले १० हजार २४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।
यस जितसँगै दाहाल पाँचौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी २०६४ सालदेखि विभिन्न निर्वाचन क्षेत्र परिवर्तन गर्दै लगातार चुनाव जित्दै आएका छन्। यसपटक भने उनले रुकुम पूर्वबाट उम्मेदवारी दिएका थिए।