काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याउँदा नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गरेका छन्।
काठमाडौं–८ मा श्रेष्ठको यो लगातार दोस्रो विजय हो। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यससँगै काठमाडौंका विभिन्न क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य सफलता हासिल गरेको छ। यसअघि काठमाडौं–६ मा शिशिर खनाल र काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपाने विजयी भइसकेका छन्।