काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं ३ को मतगणना गोकर्णेश्वर नगरपालिकाका वडा १ देखि ७ सम्म सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन्।
नगरपालिका भित्र अन्तिम मतगणनाअनुसार पाण्डे (घण्टी) ले ९ हजार २३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी, उज्यालो नेपालका उम्मेदवार कुलमान घिसिङ (चिम) ५ हजार ३८७ मतमा सीमित छन्।
त्यसैगरी अन्य उम्मेदवारहरूको मत यस प्रकार छ: नेपाली कांग्रेसका (रुख) का रमेश अर्याल ३ हजार २१६, सूर्यका रामेश्वर फुयाल १ हजार ५८८ मत प्राप्त गरेका छन्।
राजुनाथ पाण्डेको अग्रता ३ हजार ६ सय मतभन्दा बढी रहेको जनाइएको छ। काठमाडौं क्षेत्र नम्बर तीनमा अब कागेश्वरी मनोहरा १, २,३ तथा काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ को मतगणना बाँकी रहेको छ ।