सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही–४ मा मतगणना सुरु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंहको गृहपालिकाबाट बिहान करिब १०:१५ बजेदेखि मतगणना सुरु गरिएको हो।
बिहान ११ बजेसम्म ३ हजार ६९ मत गणना हुँदा रास्वपाका उम्मेदवार अमरेश सिंहले १ हजार ९०८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका गगन थापाले ५३६ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले ३७९ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले ६९ मत पाएको छ। हालसम्म ११६ मत बदर भएको जनाइएको छ।
मतगणना जारी रहेकाले आगामी परिणाममा परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्।