२०८३ साउन १० आइतबार

झापा–५ मा बालेन्द्र शाहले अग्रता बढाउदै, शाहलाई पछ्याउदै ओली

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
1.2K
Shares
झापा–५ मा बालेन्द्र शाहले अग्रता बढाउदै, शाहलाई पछ्याउदै ओली

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन्। उक्त क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा रहेका छन्।

हालसम्मको मतगणना अनुसार रास्वपाका बालेन्द्र शाहले  २ हजार ८७८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ र मतगणना जारी छ। नेकपा (एमाले) लेका अध्यक्ष केपी शर्माओलीले  १ हजार १३० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी नेपाली कांग्रेसले १८३ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १२९ मत प्राप्त गरेको छ। यी दलहरूको दोस्रो लटसम्मको मतगणना सम्पन्न भइसकेको जनाइएको छ।

हालसम्म करिब ७ हजार मत गणना भइसकेको छ। मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij