२०८३ भाद्र ३० मंगलबार

काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना पहिलो विजेता घोषित, दोस्रो काँग्रेससँगको मतान्तर ९०९१

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
6.1K
Shares
काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना पहिलो विजेता घोषित, दोस्रो काँग्रेससँगको मतान्तर ९०९१

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी छन्।

प्राप्त मतपरिणाम अनुसार दर्शना १५ हजार ४५५ मतसहित निर्वाचित भएकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन्।

यससँगै रास्वपाले काठमाडौं–१ बाट प्रतिनिधिसभा निर्वाचनमा आफ्नो खाता खोलेको छ।

दर्शनाको विजयको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालयबाट हुन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij