२०८३ भाद्र ३० मंगलबार

प्रतिनिधि सभा निर्वाचन: प्रारम्भिक मतगणनामा रास्वपा अगाडि, कस्को अवस्था कस्तो ?

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
2.1K
Shares
प्रतिनिधि सभा निर्वाचन: प्रारम्भिक मतगणनामा रास्वपा अगाडि, कस्को अवस्था कस्तो ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४५ निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएको छ। विभिन्न जिल्लाबाट आएको प्रारम्भिक मतगणनाले रास्वपालाई उल्लेख्य अग्रता दिलाएको छ। कांग्रेस ४ क्षेत्र, एमाले ५ क्षेत्र, नेकपा ३  तथा राप्रपा १ स्थानमा अग्रता लिइरहेका छन् ।

काठमाडौं उपत्यकाका धेरै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडि देखिएका छन्। काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा रहेका छन्।

त्यस्तै भक्तपुर–१ मा रुकेश रञ्जित, भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्की पनि अग्रता कायम गरिरहेका छन्। चितवन–२ मा रवि लामिछाने, झापा–५ मा बालेन्द्र शाह (बालेन), झापा–२ मा इन्दिरा राना मगर तथा तनहुँ–१ मा स्वर्णिम वाग्ले पनि अगाडि देखिएका छन्।

मोरङ, बाँके, कास्की, कञ्चनपुर, दाङ, रूपन्देही, बारा, बर्दिया, धादिङ र पाल्पालगायतका जिल्लामा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५ क्षेत्रमा अगाडि देखिएको छ। रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–१ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल र चितवन–१ मा दावा दोर्जे लामा अग्रस्थानमा छन्।

त्यस्तै नेपाली कांग्रेस ४ क्षेत्रमा अग्रता बनाइरहेको छ। ललितपुर–१ मा उदयशमशेर राणा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, कैलाली–१ मा जनकराज चौधरी र रसुवा–१ मा मोहन आचार्य अगाडि रहेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३ क्षेत्रमा अग्रता कायम गरिरहेको छ। रुकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट–१ मा महेन्द्रबहादुर शाही अगाडि देखिएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लामा अगाडि रहेको छ, जहाँ ज्ञानेन्द्रबहादुर शाही अग्रस्थानमा छन्।

मतगणना अझै जारी रहेकाले परिणाममा परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्। विभिन्न जिल्लाबाट मतगणनाको अद्यावधिक विवरण आउने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij