२०८३ भाद्र ३० मंगलबार

रुपन्देही–४ मा एमालेका प्रमोद यादवको मतान्तर भारी, यादवसहित चार स्थानमा एमालेको अग्रता

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
3.6K
Shares
रुपन्देही–४ मा एमालेका प्रमोद यादवको मतान्तर भारी, यादवसहित चार स्थानमा एमालेको अग्रता

बुटवल : रुपन्देही क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रमोद यादवले अग्रता लिएका छन्।

हालसम्म ८ हजार ४६३ मत गणना हुँदा यादवले २ हजार ६९८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले २ हजार २४७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाँ १ हजार ८३० मतसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९ मत, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अनिउद्दिन खानले १२९ मत र नेकपाका बावुलाल यादवले ४७ मत प्राप्त गरेका छन्।

प्रारम्भिक अग्रता लिएका यादव २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए।

रुपन्देही–४ मा मतगणना जारी रहेको छ।

यसैबीच देशभरीबाट एमालेले चार स्थाना अग्रता लिएको छ । जसमा बाँके २ का मोहम्मद इस्तियाक राई, तेह्रथुम १ बाट भानुभक्त ढकाल र कास्की १ बाट दामोदर पौडेल बैरागी रहेका छन् । राईले २६९८, ढकालले १२६२ र बैरागीले ५०६ मतले अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij