२०८३ साउन ९ शनिबार

अन्तर्राष्ट्रिय प्रभावले सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख २८ हजार ६ सयमा कारोबार हुदैँ

ई आर्थिक    मंगलबार, फाल्गुन १९ २०८२
1.5K
Shares
अन्तर्राष्ट्रिय प्रभावले सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख २८ हजार ६ सयमा कारोबार हुदैँ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य पुनः वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। सुन लगातार तेस्रो दिन उकालो लाग्दा चाँदी भने दुई दिनको वृद्धिपछि घटेको हो।

पश्चिम एसियामा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ, जसको प्रभाव स्वदेशी बजारमा पनि परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ। पछिल्ला तीन दिनमा सुनको मूल्य प्रतितोला १३ हजार ७ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। आइतबार र सोमबार सुनको मूल्य समान ५ हजार ६ सय रुपैयाँका दरले बढेको थियो।

यसअघि माघ १५ गते सुनले हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम गरेको थियो।

यता चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ सय ५ रुपैयाँले घटेर ५ हजार ८ सय १५ रुपैयाँमा झरेको छ। यसअघि आइतबार २ सय ४५ रुपैयाँ र सोमबार ३५ रुपैयाँले चाँदीको मूल्य बढेको थियो।

चाँदीले पनि माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ छोएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij