२०८३ साउन ९ शनिबार

सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकको निर्देशन

ई आर्थिक    सोमबार, फाल्गुन १८ २०८२
1.4K
Shares
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकको निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन, अर्थात् फागुन २१ गते बिहीबार, बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ।

निर्देशनअनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकमार्फत भुक्तानी सेवा तथा राजस्व दाखिला गर्ने व्यवस्था सुनिश्चित गर्न भनिएको छ।

राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत आवश्यक वित्तीय सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले उक्त व्यवस्था मिलाउन निर्देशन दिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij