काठमाडौँ । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिनामा (साउन–माघ) नेपालको वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.७६ प्रतिशतले बढेको हो।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा आयात १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात ३२.२९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।
यद्यपि उच्च आयातका कारण व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १०.९१ प्रतिशत बढी हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९८ प्रतिशत र निर्यातको हिस्सा १३.०२ प्रतिशत रहेको छ।
विशेषगरी पेट्रोलियम पदार्थ, सवारीसाधन, मेसिनरी र विद्युतीय उपकरणको उच्च आयातले व्यापार घाटा बढाएको छ। निर्यात प्रवर्द्धनका विभिन्न प्रयास हुँदाहुँदै पनि व्यापार घाटाको संरचनामा ठूला सुधार आएका छैनन्।