२०८३ भाद्र ३० मंगलबार

सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले बृद्धी, चाँदी पनि १८० रुपैयाँले बढ्यो

ई आर्थिक    बिहिबार, फाल्गुन ७ २०८२
1.2K
Shares
सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले बृद्धी, चाँदी पनि १८० रुपैयाँले बढ्यो

काठमाडौं ।  नेपाली बजारमा आज सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले बढेर ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १८० रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८८० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij