२०८३ साउन १२ मंगलबार

मेची भन्सार कार्यालयद्वारा ९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन

ई आर्थिक    बिहिबार, फाल्गुन ७ २०८२
1.1K
Shares
मेची भन्सार कार्यालयद्वारा ९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य थियो।

यद्यपि माघमा मात्रै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ संकलन भएको छ। यो माघका लागि निर्धारित लक्ष्यको १ सय २ दशमलव ३४ प्रतिशत हो।

कार्यालयले चालु आर्थिक वर्षमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij