२०८३ साउन १० आइतबार

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

ई आर्थिक    बिहिबार, फाल्गुन ७ २०८२
1K
Shares
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

भरतपुर : यहाँको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ। नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो।

लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए। उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए।

हाल यहाँबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै उनले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुई वटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ। हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनले जानकारी दिए।

यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौं–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान हुँदै आएको छ। बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए। ‘अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौंबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij