२०८३ साउन ९ शनिबार

प्रहरी निरीक्षक वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

ई आर्थिक    बुधबार, फाल्गुन ६ २०८२
2.8K
Shares
प्रहरी निरीक्षक वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं ।  प्रहरी निरीक्षक वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक लामालाई माघ महिनाको पुलिस अफ दि मन्थ (Police of The Month) को रुपमा सम्मानित गरी प्रशंसा-पत्र प्रदान गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रशंसा-पत्रमा  प्रहरी निरीक्षक लामा नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी अपराध अनुसन्धानमा निर्वाह गर्दै आएका छन्। उनी सर्वसाधारण नागरिकलाई सुरक्षा अनुभूति गराउने कार्यमा पनि सक्रिय रहँदा, प्रहरी संगठनको गरिमा र प्रतिष्ठामा योगदान पुर्‍याएका छन्।

निरीक्षक लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रमे राईसहित १० जना व्यक्तिलाई धम्की दिने प्रकाश पाठकलाई फिलिसन्सबाट  काठमाडौं ल्याएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ अधिकारी रमेश थापा (प्रहरी वरिष्ठ उपरीक्षक) ले आगामी दिनमा पनि प्रहरी निरीक्षक लामाले काठमाडौं जिल्लामा अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षामा महत्वपूर्ण योगदान दिन जारी राख्ने विश्वास व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij