ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो। आज सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम रहेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य कमी आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।
हाल अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा स्थानीय माग–आपूर्तिको अवस्थाका कारण बहुमूल्य धातुको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।