२०८३ साउन १० आइतबार

 सुनको मूल्य प्रतितोला ३ हजार र चाँदी १२५ रुपैयाँले घट्यो

ई आर्थिक    सोमबार, फाल्गुन ४ २०८२
2.3K
Shares
 सुनको मूल्य प्रतितोला ३ हजार र चाँदी १२५ रुपैयाँले घट्यो

प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट देखिएको छ। पछिल्ला दिनमा उकालो लागेको बहुमूल्य धातुको भाउ सोमबार भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। घटेसँगै छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२५ रुपैयाँले सस्तिएको महासंघले जनाएको छ। नयाँ मूल्यअनुसार चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा आएको परिवर्तनका कारण स्थानीय बजारमा मूल्य समायोजन हुने गरेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij