२०८३ भाद्र ३१ बुधबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, काठमाडौंमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ पुग्यो

ई आर्थिक    सोमबार, फाल्गुन ४ २०८२
4.7K
Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, काठमाडौंमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य समायोजन गरेको जनायो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशन ले पठाएको परिमार्जित मूल्यसूचीका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो। समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको हो।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ कायम गरिएको छ।

चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।

निगमका अनुसार हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij