२०८३ भाद्र ३० मंगलबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    आइतबार, फाल्गुन ३ २०८२
532
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ ले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

यसअघि गत माघ १५ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आइतबार घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिएर ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

गत माघ १५ गते चाँदीले पनि ऐतिहासिक उच्च मूल्य कायम गर्दै प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

बजारमा अन्तर्राष्ट्रिय मूल्य, विनिमय दर तथा आन्तरिक माग–आपूर्तिको प्रभावका कारण दैनिक रूपमा सुनचाँदीको मूल्यमा उतारचढाव हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij