गोरखा : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पालिकाहरूको कार्यसम्पादन मूल्यांकनमा गोरखा जिल्लाको एक गाउँपालिकाले जिल्लाभर प्रथम स्थान हासिल गरेको छ।
जिल्लाको अजिरकोट गाउँपालिकाले ६७.६३ अंक प्राप्त गर्दै प्रथम हुन सफल भएको हो ।
आयोगले विभिन्न १७ सूचकलाई आधार मानेर मूल्यांकन गरी नतिजा सार्वजनिक गरेको हो।
उक्त उपलब्धिप्रति गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, सरोकारवाला तथा आदरणीय आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेको छ।
गाउँपालिकाले यस सफलताले आगामी दिनमा थप जिम्मेवार र प्रभावकारी सेवा प्रवाहका लागि प्रेरणा मिल्ने विश्वास उक्त गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले व्यक्त गरेका छन् ।
स्मरणीय रहोस्, अजिरकोट आयोगको कार्यसम्पादन मूल्यांकनमा यसअघिका बर्षहरुमा पनि प्रथम हुन सफल भएको थियो ।