२०८३ साउन १२ मंगलबार

फेवातालमा जाल हान्दा भेटियो एसएलआर र १८ राउन्ड गोली

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
1.5K
Shares
फेवातालमा जाल हान्दा भेटियो एसएलआर र १८ राउन्ड गोली

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा पर्ने फेवातालमा जाल हान्दा बन्दुक र गोली भेटिएको छ । खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले बिहीबार साँझ हानेको जालमा एसएलआर र त्यसमा लाग्ने गोली अड्किएर आएका थिए ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीले मु वा १११ (बट) नम्बर, बडी नं.१३८१० लेखिएको एसएलआर एक थान भेटेको पुष्टि गरेको छ ।

सोही हतियारमा लोड भएको गोली १८ राउन्डसहित जालमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतलले जानकारी दिनुभयो ।

हतियार र गोली सुरक्षा निकायले लिएर अनुसन्धानअघि बढाइएको उहाँले उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij