२०८३ साउन ९ शनिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, माघ २९ २०८२
1.9K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको छ। बुधबार भने यही सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

यसअघि माघ १५ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भई ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। बुधबार चाँदी ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

माघ १५ गते नै चाँदीले पनि ऐतिहासिक उच्च मूल्य कायम गर्दै प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij