काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९०० रुपैयाँले बढेर तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको थियो।
यता चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेर पाँच हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँ रहेको थियो।