२०८३ भाद्र ३० मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय पुग्यो

ई आर्थिक    सोमबार, माघ २६ २०८२
2.2K
Shares
सुनचाँदीको मूल्य बढ्यो, सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय पुग्यो

काठमाडौं ।  नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।

सोमबार पनि सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार छापावाल सुन सोमबार प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको हो। आइतबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा किनबेच भएको थियो। त्यसअघि शुक्रबारको तुलनामा आइतबार मात्रै सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले बढेको थियो।

यसरी आइतबार र सोमबार गरी पछिल्ला दुई दिनमा सुनको मूल्य प्रतितोला कुल १३ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ। यसअघि माघ १५ गते सुनले हालसम्मकै उच्च मूल्य छोएको थियो, जहाँ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि सोमबार बढेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको थियो भने सोमबार थप २ सय ४० रुपैयाँले वृद्धि भएको हो।

आइतबार र सोमबार गरी दुई दिनमै चाँदीको मूल्य प्रतितोला ५ सय ४० रुपैयाँले बढेको छ।

यसअघि माघ १५ गते चाँदीले पनि हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij