२०८३ साउन १० आइतबार

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातबाट निधन

ई आर्थिक    शनिबार, माघ २४ २०८२
2.3K
Shares
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातबाट निधन

काठमाडौँ । नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा लोकप्रिय खलनायक सुनील थापाको निधन भएको छ।

हृदयाघात भएपछि थापालाई उपचारका लागि नर्भिक अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको थापा निकट कलाकारले जानकारी दिएका छन्।

सुनील थापा नेपाली सिनेमाको इतिहासमा ‘राते काँइला’ को रूपमा अमर बनेका कलाकार हुन्। उनको जन्म वि.सं. २०१७ जेठ ५ गते (मे १९, १९६०) दाङ जिल्लामा भएको थियो। अभिनय यात्राको सुरुवात उनले बलिउडबाट गरेका थिए, जसको पहिलो फिल्म ‘एक दूजे के लिए’ (१९८१) थियो। त्यसपछि उनले सयौं नेपाली, भारतीय बलिउड तथा भोजपुरी चलचित्रहरूमा भूमिका निर्वाह गरे।

उनले ‘चिनो’ ‘राँको’, ‘सपना’, ‘देउकी’, ‘ठूल्दाइ’, ‘आगो’, ‘शेरबहादुर’, ‘प्रेम गीत ३’ जस्ता दर्जनौं हिट नेपाली फिल्महरूमा खलनायकको भूमिकामा दर्शकलाई रोमाञ्चित बनाए। भारतीय सिनेमामा पनि उनको योगदान उल्लेखनीय छ। प्रियंका चोपडा अभिनीत ‘मेरी कोम’मा उनको भूमिका चर्चित भयो। हालै मात्र अमेजन प्राइममा रिलिज भएको ‘द फ्यामली म्यान’को तेस्रो सिजनमा मनोज बाजपेयीसँग उनले डेभिड खोजुको शक्तिशाली भूमिका निर्वाह गरेका थिए, जसले भारतीय दर्शकबाट पनि प्रशंसा बटुलेको थियो।

उनले एभरेष्ट फिल्म एकेडेमी को अध्यक्षको रूपमा पनि नेपाली चलचित्र क्षेत्रमा योगदान दिए। उनले विभिन्न अवार्डहरू जितेका थिए, जसमा मोसन पिक्चर्स अवार्ड नेपाल दुई पटक, नेम्पा अवार्ड, कमना फिल्म अवार्ड लगायत छन्। उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिएको थियो।

नेपाली सिनेमा जगतले एक कुशल खलनायक, प्रेरणादायी व्यक्तित्व र अन्तर्राष्ट्रिय स्तरको अभिनेता गुमाएको छ। वरिष्ठ अभिनेता सुनील थापाको निधन २०८२ माघ २४ गते बिहान भएको हो। उनको ‘राते काँइला’को छाप र अन्य भूमिका सधैं नेपाली दर्शकको मनमा रहिरहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij