२०८३ साउन ९ शनिबार

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, माघ २२ २०८२
1.3K
Shares
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम गरिएको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ६ सय २० रुपैयाँले घटेर ४ हजार ९ सय ८० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतार–चढावको प्रभाव स्थानीय बजारमा समेत परेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij