२०८३ साउन ९ शनिबार

१० कर्मचारीविरुद्ध भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा दायर

ई आर्थिक    मंगलबार, माघ २० २०८२
2K
Shares
१० कर्मचारीविरुद्ध भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा दायर

काठमाडौँ । प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखद्वय डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवविरुद्ध ३८ लाख ७७ हजार ७२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अस्पतालका तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोककुमार यादव र तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलकी श्रीमती मुस्कानकुमारी मण्डलविरुद्ध ३८ लाख ७७ हजार ७२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार उनीहरूविरुद्ध प्रादेशिक अस्पताल सिरहाको आर्थिक वर्ष २०८०/८१ मा बिलिङ काउन्टरबाट सङ्कलन भएको सेवा शुल्क दाखिला नगरी–नगराई हानि–नोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।

यसैगरी, सो अस्पतालको बिल काउन्टरमा कार्यरत अहेव श्यामकुमार मण्डलविरुद्ध २५ लाख ४७ हजार ४१६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पतालकै बिल काउन्टरमा कार्यरत पूजाकुमारी यादवविरुद्ध दुई लाख ८८ हजार २२९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

बिल काउन्टरमा कार्यरत सरस्वतीकुमारी यादवविरुद्ध पाँच लाख दुई हजार ८१३ रुपियाँ, रोशनकुमार यादवविरुद्ध एक लाख ६४ हजार ६५९ रुपियाँ र अजयकुमार मण्डलविरुद्ध तीन लाख ७९ हजार २१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा उनीहरूविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदाबी लिई मङ्गलवार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij