२०८३ भाद्र ३१ बुधबार

काठमाडौं क्षेत्र नं. ५ का आधारभूत समस्या समाधान गर्ने प्रतिबद्ध छु : नीशा अधिकारी

ई आर्थिक    सोमबार, माघ १२ २०८२
3.3K
Shares
काठमाडौं क्षेत्र नं. ५ का आधारभूत समस्या समाधान गर्ने प्रतिबद्ध छु : नीशा अधिकारी

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ५ की उम्मेदवार नीशा अधिकारीले उक्त क्षेत्रमा जनतासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्याबारे आवाज उठाएकी छन्।

बुढानिलकण्ठ क्षेत्रमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा अधिकारीले “महिलाको सार्वजनिक सुरक्षा, दिगो रोजगारी, सडक सुरक्षा, लगायतका आधारभूत समस्याहरू” धेरै भएको उल्लेख गर्दै ती समस्या नीतिगत रूपमै समाधान गर्न आफू अझ बढी प्रतिबद्ध भएको बताइन्।

उनले भनिन्, “काठमाडौं क्षेत्र नं. ५ मा आधारभूत समस्याको चाङ लागेको छ। सांसदका रूपमा यो क्षेत्रको समस्या नीतिगत हिसाबले सुल्झाउन झनै धेरै प्रतिबद्ध छु।”

अधिकारीले क्षेत्रको रुपान्तरणको नेतृत्व गर्ने संकेत गर्दै “क्षेत्र नम्बर ५ को रुपान्तरण, अब यो क्षेत्र नम्बर ५ को छोरीले गर्नेछे!” भन्ने सन्देश समेत दिएकी छन्।

उनी गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी हुन् भने उनको चुनाव चिन्ह ‘ब्याट्री” रहेको छ।

यसैबीच, अधिकारीले अभियानमा साथ दिन चाहने नागरिकलाई सामाजिक सञ्जालबाट जोडिन आग्रह गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij