२०८३ साउन १२ मंगलबार

सुनचाँदीको मूल्यले बनायो नयाँ कीर्तिमान, सुन प्रतितोला ३ लाख ९ हजार पुग्यो

ई आर्थिक    सोमबार, माघ १२ २०८२
1.2K
Shares
सुनचाँदीको मूल्यले बनायो नयाँ कीर्तिमान, सुन प्रतितोला ३ लाख ९ हजार पुग्यो

काठमाडौं।  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको हो, जुन अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसको भोलिपल्ट सोमबार थप ५ हजार २ सय रुपैयाँले वृद्धि भएसँगै नयाँ रेकर्ड कायम भएको हो।

सुनसँगै चाँदीको मूल्य पनि ऐतिहासिक उच्च स्तरमा पुगेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ।

यसअघि आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा किनबेच भएको थियो। एकैदिन चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएपछि बजारमा चासो बढेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव, मागमा आएको वृद्धि तथा आर्थिक अनिश्चितताका कारण सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij