२०८३ साउन ९ शनिबार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार

ई आर्थिक    आइतबार, माघ ११ २०८२
2.5K
Shares
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गएको शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो। त्यसयता आइतबार फेरि २ हजार ४ सय रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको हो।

यससँगै चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि गएको शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीको बढ्दो आकर्षण र बजारको मागका कारण सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको जानकारहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij